कमेडी च्याम्पियन खड्काले जिते नेटा भी को आकर्षक गाडी

Advertisement

काठमाडौं । यसपालिको कमेडी च्याम्पियन ग्राण्ड फाइनल बिजेता सुनिल खड्काले सिजी मोटर्स अन्तर्गतको नेटा भीको आकर्षक गाडी जितेका छन् । कमेडी च्याम्पियनको सिजन थ्रीका बिजेताले सो गिफ्ट पाएका हुन् । 

नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनल पुगेका थिए ।

Advertisement

कार्यक्रममा कमिडी च्याम्पियनका विजेतालाई सिजी मोटरको लोकप्रिय बाण्ड नेटा भी उपहारको रुपमा दिन पाउँदा निकै हर्षित भएको सिजी मोटर्सले जनाएको छ । साथै कम्पनीले आगामी दिनमा समेत यस्ता खालका रियालिटी सोमा सहभागी भइरहने  समेत प्रतिवद्धता जाहेर गरेको छ।

कमिडी च्यापियनको ग्राण्ड फाइनल विजेतालाई प्रदान गरिएको नेटा भी चौधरी समूहअन्तर्गतको सीजी मोटरले दुई वर्षअघि भित्र्याएको थियो । क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने नेटा भी नेपाल भित्रिएको छोटो समयमै ग्राहकहरु माझ लोकप्रिय छ ।

Advertisement

Advertisement