प्रोग्रेसिभ फाइनान्सको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले दुई लाख एक हजार ८६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको सोबराबरको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिमा आवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ । 

Advertisement

Advertisement