इन्फिनिटी लघुवित्तको  ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । इन्फिनिटी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ४८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

हाललाई यो शेयर संस्थाका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले लिन चाहेको शेयरको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 

साथै, तोकिएको समयभित्र आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने संस्थाले जनाएको छ । 

Advertisement

Advertisement