प्रतिकित्ता रु ५० मा नेशनल फण्डको हकप्रद बिक्री खुला

Advertisement

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आजदेखि (१९ असार) ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । 

कम्पनीले चुक्ता पुँजी ५४ करोड रुपियाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपियाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपियाँमा हकप्रद बिक्री खुला गरेको हो । 

Advertisement

कम्पनीको जेठ २५ मा बसेको विशेष साधारणसभाले हालको चुँक्ता पुजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

लगानीकर्ताले यस शेयरमा साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आवेदन कम्पनीको रजिस्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा दिनुपर्नेछ । 

साथै, हकप्रदका लागि फारम कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ । 

Advertisement

Advertisement