रिलायन्स स्पिनिङ मिल्सले असार २७ देखि आईपीओ निष्कासन गर्दै

Advertisement

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो । 

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर जारी गर्न लागेको हो ।

Advertisement

प्रतिकित्ता ८२०.८० रुपियाँ तोकिएको यस शेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्ताका र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन साउन १० गतेसम्म दिन सकिनेछ । 

क्रेडिट रेटिङ संस्था केयर नेपालले  ‘केयर एनपी ए माइनस इस्यूअर’ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको संकेत गर्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

Advertisement

Advertisement