नेप्से दोहोरो अंकले उचालिंदा पनि कारोबार रकम भने खुम्चियो

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार रकम भने खुम्चिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२९ अंकले बढेको हो । ०.८० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०५३.३८ अंकमा पुगेको छ । 

Advertisement

समग्रमा बजार बढे पनि वित्त र उत्पादनमूलक समूह ०.८३ र ०.२१ प्रतिशतले घटेको छ । अरु बाँकी समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूह सबैभन्दा बढी २.०४ प्रतिशतले बढेको हो । 

undefined

आज ३२३ कम्पनीका ७१ लख ६५ हजार ७ सय ३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१.५३ रुपियाँ बराबरको कारोबार भएको  छ । 

हिमालयन उर्जाका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.७४ प्रतिशतले नाफा कमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड १३ लाख २४ हजार ३ सय ९४.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो बजार १४.८३ अंकले घट्दा ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४ सय ७.६६ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement