लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित, के भन्छन् उद्योगमन्त्री ?

Advertisement

काठमाडौं । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ संसदबाट बहुमतले पारित भएको छ ।  

सोमवारको प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथ आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रश्तुत गरेको विधेयक बहुमतले पारित भएको हो । सभाको बैठकमा सभामुख देवराज घिमिरेले सरकारले ल्याएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयक संसदबाट बहुमतले पारित भएको घोषणा गरे । 

Advertisement

संसदमा सांसदहरुले विधेयकमाथि छलफल गरी मन्त्री भण्डारीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । उनले लगानी सम्बन्धि कानूनहरुलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता रहेको बताए । 

भण्डारीले लगानी सहजीकरण सम्बन्धी मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने गरी समेटिएको बताए । उनले लगानी सहजीकरण सम्बन्धी ऐनमा सत्ता र प्रमुख प्रतिपक्ष सबैका भावनाहरुलाई मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यको साथ समेटिएको बताए । 

भण्डारीले भने, ‘लगानी सहजिकरण सम्बन्धी ऐनमा सत्ता र प्रमुख प्रतिपक्ष सबैका भावनाहरुलाई मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यको साथ समेटिएको छ । कानूनहरुलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता छ । राष्ट्रिय चुनौतीलाई राष्ट्रिय एकताको भावबाट सम्बोधन गर्नुपर्ने जुन आवश्यकता छ । त्यो कुरालाई ध्यानमा राखेर सबै संशोधनका पक्षलाई स्वीकार गरेको छु । यो भन्दा पनि अन्य प्रर्याप्त कानूनहरु संशोधनको आवश्यकता छ । संशोधनकर्ताहरुले राख्नु भएको विचारहरुलाई स्वीकार गरेको छु ।’

उनले राष्ट्रिय चुनौतीलाई राष्ट्रिय एकताको भावबाट सम्बोधन गर्नुपर्ने आवश्यकता ध्यानमा राखेर सबै संशोधनका पक्षलाई स्वीकार गरेको बताए । उनले अन्य पर्याप्त कानूनहरु संशोधनको आवश्यकता रहेको उल्लेख गरे । 

Advertisement

Advertisement