राशिफलः आज (असार १९) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असार महिनाको १९ गते बुधबार, आषाढ कृष्णपक्षको द्वादशी तिथि ।

मेष
भरपर्दाे बोली हुने छैन् । क्षणक्षणमा कडा खलाको त तुरुन्तै नरमखाले विपरित लाग्ने खालको बोलीको स्वरुप देखा पर्न जाने छ । यसले गर्दा खासगरी परिवारका सदस्यहरुमा अन्योलता बढाइ दिने छ । पेशागत जीवन सकारात्मक रहने छ । सुख सुविधाको अभाव हुन जाने छ । घर घडेरी, सेना, प्रहरी, सुरक्षा फौज, सेक्युरिटी सेवा, होटल रेष्टुरेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई समय चुनौतिपूर्ण बन्ने छ । शेयर क्षेत्र सकारात्क रहने छ । 

Advertisement

वृष
मनमा भने दुविधाले डेरा जमाउने छ । यसले गर्दा अन्योलखाले ब्यक्तित्व बन्न पुग्ने छ । रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । आत्माविश्वासी व्यक्तित्व हुने छ । पराक्रमी र मेहनतपनामा ब्यापक गिरावट आउँदा कामहरु गर्नमा जाँगर चल्ने छैन । भाग्य बलियो रहेकाले साह्रै नकारात्मक हुने अवस्थाबाट भने जोगाउने छ । आम्दानीमा भने केही बृद्धि हुने छ । यात्रामा अबरोध लम्बिने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने छ ।  शेयर क्षेत्र अनुकुल देखिन्छ । 

मिथुन
अध्ययनमा तिब्रता आउने छ । आफ्नो बुद्धि र विवेकले काम नगर्दा अपजस आइ लाग्ने भएकाले यस विषयमा गम्भीर बन्नु होला । आम्दानीमा भने बृद्धि हुन जाने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा त्यसले गुणत्मक नतिजा दिने छ । फलाम, कल कारखाना, उद्योग, भाडाका सवारीसाधन, सार्वजनिक सवारीसाधन, ग्यारेज, नट बल्टुको कारोवारमा रहेकाहरुलाई समय प्रतिकुल रहने छ । शेयर बजार अनुकुल रहने छैन् । 

कर्कट
लक्ष्य पुरा गर्न केन्द्रीत हुने व्यक्तित्व बन्ने भए पनि उक्त कार्यमा मनमा क्षण क्षणमा दुविधा देखा पर्ने छ । मनोबल कमजोर बन्ने भएकाले कमजोर खालको ब्यक्तित्व बन्न जाँदा आँटिलोपनामा पनि गिरावट आउने छ । शारीरिक कमजोरीले सताउला । विद्यार्थीहरुको पढाईमा अवरोध देखा पर्ने छ । ठेक्कापट्टा, सुरक्षा निकाय, सेना, प्रहरी, सेक्युरिटी गार्ड, प्रशासन क्षेत्र आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार भने अनुकुल रहने छ । 

सिंह
पेशागत जीवनमा अस्थिरता आउने छ । साmभेदारीमा गरिएका काममा पनि गम्भीर बादविवादहरु देखा पर्ने छन् । आम्दानीमा भने केही हल्का बृद्धि हुँदा केही राहत प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा उल्झन देखा पर्ने छ । अस्पतालजन्य खर्च बढाइ दिने छ । शारीरिक कमजोरी उत्पन्न हुने छ । शेयर बजार भने अनुकुल रहने छ । 

कन्या
धनमा बृद्धि हुने छ । पैतृक सम्पत्तिको परिचलन र आडले सुख सन्तोषको अवस्था ल्याउने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । दाम्पत्य जीवनमा भने तिक्तता देखा पर्न जाने छ । साझेदारीमा गरिएका काममा र प्राप्त गर्नु पर्ने पारिश्रमिक पाउने संघर्ष गर्नु पर्ने छ । अध्ययन अध्यापनमा सकारात्मक गति प्रदा हुने छ । राजनीति, व्यवस्थापन, औषधी आपूर्ति, आयात निर्यातको क्षेत्रमा संलग्नलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र पनि अनुकुल नै रहेको छ । 

तुला
मनमा असाध्यै दुविधा आउने छ । उदासिनता बढ्ने भएकाले आत्मबलको कमि हुने हुँदा अन्योलग्रस्त व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा पनि समस्या देखा पर्ने भएकाले कार्यालयमा सचेत ढंगले प्रस्तुत हुनु होला । नरम बन्दा नै फाइदा हुने छ । होटल, रेष्टुरेण्ट, डान्स बार, बाउन्सर, सुरक्षा निकाय, खेलाडी, कुक आदी जस्ता पेशामा रहेकाहरुले प्रतिकुलताको सामना गर्नु पर्ने छ । शेयर बजारमा संयमिताको खाँचो छ । 

वृश्चिक
दाम्पत्य जीवनमा मधुरता आउने छ । पेशागत जीवनमा एक हदसम्मको सन्तुष्टि र प्रगति हुने छ । मनमा भने अलि नकारात्मक सोचाईले पछ्याउने छ । जीवनप्रति उदासिनता देखा पर्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । मनोबल कमजोर भएको व्यक्तित्व हुने भएकाले प्रतिष्र्पर्धिहरुले हेप्ने छन् । शारीरिक रुपमा पनि कमजोरी बढ्ने भएकाले शारीरिक अभ्यासलाई निरन्तरता दिनु होला । राजनीति, व्यवस्थापन, वाणिज्य, बैंकिङ्ग क्षेत्र, पत्रकारिता आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ । शेयर बजार औसत रहने छ । 

धनु 
मनमा आफुलाई निकै कमजोर पात्र जस्तो अनुभुत हुने छ । जीवनसाथिको साथ र सल्लाहमा काम गरेमा यस्तो अवस्थासँग जुधि अघि बढ्न निकै राहत मिल्ने छ । परिवारको साथ रहने छ । तर बोलीमा भने कडापना देखा पर्ने भएकाले यस विषयमा संयमित रहनु होला । डाक्टर, सर्जन, अर्थाेपेडिक डाक्टर, सुरक्षा निकाय आदीमा सहभागिहरुलाई समय संयमित हुनु पर्ने खालको छ । शेयर बजारमा नकारात्मक बन्ने छ । 

मकर 
दृढताले भरिएको व्यक्ति हुने छ । तर रिसको मात्रामा पनि उस्तै ग्राफ बढ्ने भएकाले यसलाई नियन्त्रण गर्न प्रयास  गर्नु होला । आफु भन्दा मुनिका कामदार तथा सेवकको साथका कारण फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा भने समस्या निम्तिने छ । साझेदारीमा गरिएका कामहरुमा झैझगडा हुने अवस्था आउने भएकाले सतर्क रहनु होला । आम्दानीमा गिरावट आउने भएकाले यसले परिवारमा दबाब उत्पन्न गराइ दिने छ । शेयर बजार फाइदाजनक रहने छ ।

कुम्भ 
बौद्धिक व्यक्तित्व बन्ने छ । सामाजिक सेवामा सक्रिय हुन मन लाग्ने छ । कारुणिक स्वाभाव बढ्न जाँदा अरुलाई सहयोग गरौं गरौं लाग्ने छ । पेशागत जीवन औसत रहेता पनि आम्दानीमा भने बृद्धि हुने छ । परिवारका सदस्यहरुले समर्थन दिने छन् । प्रतिष्पर्धात्मक स्वाभावमा भने कमि आउने छ । रोग ब्याधिसँग लड्ने क्षमता अर्थात रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने भएकाले यसबारेमा सतर्क रहनु होला । शारीरिक अभ्यास बढाउनु होला । शेयर बजार अनुकुल देखिन्छ । 

मीन
भाग्यको साथ नभएकाले परिवारका सदस्यहरु तपाईप्रति टाढिन जाने छन् । त्यसकारण यसबारेमा निकै विचार गर्नु होला । पेशागत जीवनमा पनि नसोचेका समस्याहरु आउँदा मान मर्दन सहनु पर्ने छ । सन्तानका गतिविधिबाट अपजस आइ लाग्ने छ । स्टेशनरी, शिक्षा क्षेत्र, विद्यालय, कलेज, अध्यापन, शिक्षण, पत्रकारिता जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ । शेयर बजार अनुकुल छैन् । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement