राशिफलः आज (असार २१) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असार महिनाको २१ गते शुक्रबार, आषाढ कृष्णपक्षको औँशी तिथि ।

मेष 
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । अध्ययन र अध्यापनका क्षेत्रमा नयाँ उचाई प्राप्त हुने छ । तर  मनमा भने अत्याधिक दुविधाले छोड्ने छैन् । नरम खालको व्यक्तित्व हुने हुँदा मिलनसार व्यक्तित्व कायम रहने छ । पेशागत  जीवनमा सकारात्मकता बढ्न जाने छ । आम्दानीमा पनि बृद्धि हुने छ । 

Advertisement

वृष 
मनमा निराशाजनक विचारले दुःख दिने छ । दुविधाको मात्राले सीमा नाघ्ने छ । पेशागत जीवनमा नयाँ फड्को प्राप्त हुने छ । मेहनत र पराक्रमी स्वाभावका कारण अरुले कदर गर्ने छन् । प्रतिष्पर्धीहरुको साख कमजोर बन्ने र आफ्नो कदर बढ्ने छ । आर्थिक पक्ष सकारात्मक बन्ने छ । आफन्तहरुको विश्वासको वातावरण बलियो हुने छ । 

मिथुन 
सानो विषयमा पनि झैझगडामा उत्रिहाल्ने स्वभावले कलह निम्त्याउने छ । जसले गर्दा राम्रो भइरहेको सम्बन्धमा पनि कटुता आउने छ । मनोबल उच्च हुँदाहुँदै पनि अनावश्यक क्षेत्रमा उक्त मनोबल केन्द्रीत हुने छ । पेशागत जीवन सामान्यतया सकारात्मक रहेता पनि त्यत्ति सतत पनि बन्न दिने छैन् । भाग्यको साथ नरहेकाले सामाजिक आक्षेपहरु खेप्नु पर्ने हुन सक्छ । 

कर्कट
अनि संवेशनशिल स्वाभावले अनावश्यक विषयमा पनि मनमा तनाव हुने छ । साथै लद्युताभाषले पनि सताउने छ । धैर्य भएर कदम चाल्नु होला । मनमा उदासिनताको मात्रा अत्याधिक धेरै देखा पर्ने छ । पेशागत जीवन औसत रहने छ । आम्दानी औसत रहने छ । 

सिंह
रमाईलो अवसरमा सहभागि हुने अवसर प्राप्त मिल्ने छ । साथिभाइको साथका कारण आर्थिक वातावरण सहज बन्ने छ। घर घडेरीको क्षेत्रमा निर्णयको अवस्था आउने छ । पेशागत जीवनमा देखा परेका समस्याहरु समाधानतर्फ जाने छन् । भाग्यको साथ रहेकाले पेशागत जीवनमा आफुले खेलेको भुमिको उच्च कदर हुने छ । स्वास्थ्य अवस्थामा भने सन्तुलनको अभाव हुने छ ।

कन्या
डुबेको धन उठ्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । सुख सुविधाका सामग्रीहरु किनमेल गर्ने समय सक्रिय छ । शैक्षिक क्षेत्रमा प्रगति हुने छ । बोलीमा भने कडापनको मात्रामा बढोत्तरी हुने भएकाले ध्यान दिनु होला । पेशागत जीवनमा उन्नति प्रगति हुने भए पनि सहकर्मीहरुसँग अन्तरद्वन्दको अवस्था पनि चर्किने छ । 

तुला 
उर्जाले भरिएको व्यक्तित्व कायम रहने छ । मान्यजनबाट उच्च मुल्यांकन हुने हुँदा आशिर्वाद प्राप्त हुने छ । पेशा तथा ब्यवसायबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी निभाउने अवसर प्राप्त हुने छ । परिवारका सदस्यहरुबीच एकअर्कामा विश्वासको वातावरणमा भने कमि आउने छ ।

वृश्चिक
डरलाग्दा सपनाले मनमा भयंकर पीडा दिने छ । बोलीमा लचकता हुने हुँदा अरुको विश्वास प्राप्त हुने छ । परिवारप्रति समर्पित भएर काम गर्न मन लाग्ने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । वित्तिय स्थिति सवल हुने छ । साझेदारीमा गरिएका क्षत्रमा बिबाद हुने खतरा रहेकाले समझदारीमा काम लिनु होला ।

धनु 
आम्दानीमा बृद्धि हुने छ । यात्रामा मनोरञ्जन हुने छ भने मित्रहरुको साथका कारण विश्वास पैदा हुने छ । आम्दानीमा हुने बृद्धिले मनमा दृढता बढाउने छ । जोखिमले भरिएका क्षेत्रमा सहभागिहरुले धेरै संघर्ष गर्नु पर्ने देखिन्छ । धार्मिक आध्यात्मिक क्षेत्रको लगावमा बृद्धि हुने छ । परिवारका सदस्यहरुबीच द्वन्दात्मक अवस्था रहने छ । 

मकर 
हडबडिएर निर्णयमा पुग्ने र पछि पछुतोको चक्रमा जाने स्वाभावले कामहरु अघि बढ्ने छैन् । निर्णय लिँदा धैर्य हुनु राम्रो । पेशागत जीवनमा उतार चढावको सामना गर्नु पर्ने छ । स्वास्थ्य अवस्थामा असन्तुलन पैदा हुने छ । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । सन्तानका कार्यहरुले गौरव बढाउने छ । 

कुम्भ 
गरेका कामहरुबाट राम्रो प्रतिफल प्राप्त हुने छ । आत्माबल पनि बलियो हुने हुँदा आँटेका कामहरु अघि बढाउन निकै उर्जा प्राप्त हुने छ । मेहनति र पराक्रमी स्वाभाब बढ्न जाने छ । सुरोपनामा बृद्धि हुने छ । तर बोलीमा भने कडापना देखिने भएकाले यसबारेमा संयमित रहनु पर्ने छ । पेशागत जीवन सकारात्मक रहेको छ । आर्थिक फाइदा मिल्ने छ । 

मीन
दाम्पत्य जीवनमा झैझगडको वातावरण रहने छ  शारीरिक आलस्यता बढ्ने छ । मनमा उत्साह र उमङ्गको कमि हुने छ । मनमा दुबिधाको लहर आउने हुँदा निर्णय क्षमतामा भारी गिरावट आउने छ । पेशागत क्षेत्रमा आलोचनाको मात्रा बढ्ने छ । आर्थिक नोक्सानी व्योहर्नु पर्ने भएकाले संयमित रहनु होला ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement