सूर्यज्योति लाइफको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराएको छ । 

कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारणसभाबाट पारित भएको  १०.२६ प्रतिशत बोनस शेयर सूचीकृत गरी सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गराएको हो । 

Advertisement

वैशाख ६ गतेसम्म सेयर धितो बन्धक राखेर कर्जा लिएका सदस्यहरूको हकमा बोनस शसेयर समेत कर्जा प्रवाह गर्ने बैक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न आग्रह गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

बोनस सेयर हितग्राही खातामा नै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खाता खोली आफ्नो बोनस सेयर प्राप्त गर्न समेत कम्पनीको आग्रह छ ।

Advertisement

Advertisement