हकप्रद जारी गर्न आँखुखोला जलविद्युतले तोक्यो बुकक्लोज मिति

Advertisement

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बुकक्लोज मिति तोकेको छ । 

कम्पनीले हकप्रद निष्कासनार्थ साउन १ गतेलाई बुकक्लोज मिति तोकेको हो । अतः असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।

Advertisement

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका दरले एक अर्ब २० करोड रुपियाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर १ः१.५ को अनुपातमा निष्कासन तथा बिक्री खुला गर्न लागेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

Advertisement

Advertisement