सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि ४६ ढोका खोलिए

Advertisement

झापा । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ४६ वटा ढोका खोलिएको छ । 

केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा तीन लाख ४२ हजार क्युसेक पानी मापन गरिएको र ४६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । 

Advertisement

सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ । पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ । केही दिन यता देशचर भारी वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशभर अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । नान

Advertisement

Advertisement