फेरि धारा ७६ (२) अनुसार नै नयाँ प्रधानमन्त्री बन्ने कांग्रेसको व्याख्या

Advertisement

काठमाडौं । नेपाली काँग्रेसले फेरि संविधानको धारा ७६ (२) अनुसार नै नयाँ प्रधानमन्त्री बन्ने व्याख्या गरेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले पुष्पकमल दाहाल हटेपछि पनि एउटै धारा प्रयोग गरेर नयाँ प्रधानमन्त्री बन्ने व्याख्या गरेको हो । 

शनिवार संसदीय दलको बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार हालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताए । 

Advertisement

हाल दाहाल पनि सोही धाराअनुसार प्रधानमन्त्री बनेकाले सोही धारा प्रयोग गरेर फेरि प्रधानमन्त्री बनाउन नमिल्ने कतिपय कानुन व्यवसायी र संविधानविदको तर्क छ । 

संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुनुहुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहालले पूरा गरिसकेको भन्दै लेखकले अहिलेको विश्वासको मतको प्रश्ताव धारा १०० बमेजिम विश्वासको मतको प्रश्ताव प्रश्तुत गर्नुपर्ने बताए । 

उनले राजनीतिक रुपमा काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाई भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने बताए । नयाँ सरकार गठन हुन ७६ (३) मा जानु नपर्ने र ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने लेखकले बताए । उनले ७६ (२) अनुसार लिनुपर्ने विश्वासको मत लिइसकेको र त्यसमा असफल भएको खण्डमा मात्रै ३ मा जाने अवस्था आउने बताए । 

लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि बताए । उनले बैठकले नेपाली काँग्रेस र नेकपा एमालेबीच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर सहमति भएको र आजको संसदीय दलको बैठकले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको बताए । 

उनले बैठकले संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरुको समीक्षा गरेर संविधानलाई सामुहिक रुपले संशोधन, परिमार्जन गर्ने, संविधानको संशोधन र परिमार्जनमा गणतन्त्रतात्क शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्नेकुराको कार्यान्वयन गर्ने निर्णय गरेको बताए । नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी ओली र दोस्रो चरणमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्ने निर्णय गरेको पनि बताए । 

बैठकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबानको समस्या उत्पन्न भएको भइ नागरिको जीवन असहज भएको भन्दै जनताको जीवन सहज बनाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको बताए । उनले बैठकले समस्यामा आफ्नो तर्फबाट सहयोग गर्न पार्टीका सबै संस्था र भ्रातृ र शुभेच्छुक संस्थालाई जुट्न आह्वान गरेको बताए । 

Advertisement

Advertisement