टाटा टियागो इभिको एक्सचेञ्ज अफर शुरु, आइतबारसम्म सञ्चालन हुने

Advertisement

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गरेको छ ।  

मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिनेछ । 

Advertisement

ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा यहि असार २१ गते देखी २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो । 

यस मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ्घ सुविधाहरुको फाइदा लिन सक्नु हुनेछ । साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनि पाउन सक्ने छन् । उल्लेखित अफरहरु मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ ।

ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजेदेखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमा हुने कम्पनीले जनाएको छ ।  

Advertisement

Advertisement