बालेनको ओलीलाई प्रस्ताव– काठमाडौंका खोला छेउ बस्ने १५००० परिवार गिरिवन्धुमा व्यवस्थापन गरौं

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका खोला छेउ अतिक्रमण गरी बसेका २० हजार परिवारमध्ये १५ हजारलाई झापा विर्तामोडस्थित गिरिबन्धु टि–इस्टेटको जग्गामा व्यवस्थापन गर्न प्रस्ताव गरेका छन् । 

शनिबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस राख्दै बालेनले विगत ३० बर्ष यसरी बसोबास गर्दै आएकाहरुलाई झुलाउँदै आएको उल्लेख गर्दै अर्को ३० बर्ष यसरी नै झुलाउने सोच बनाउनु भएको छ ? भनी प्रश्न गरेका छन् । 

Advertisement

बालेनले लेखेका छन्–

माननीय केपी ओलीज्यू,
आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

Advertisement

Advertisement