एक्साइड ब्याट्रीका डिलरहरुलाई गराइयो जापान भ्रमण

Advertisement

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिद्वारा आफ्ना च्यानल पार्टनरहरुलाई सात दिने जापान भ्रमण गराइएको छ । 

उक्त भ्रमणमा तिरुपति बालाजी टायर वल्र्ड, भट्टराई एण्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स, शिव शक्ति सप्लायर्स, चण्डेश्वरी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सप्लायर्स र आँचल इलोक्ट्रोनिक्स ट्रेडका प्रतिनिधिहरु सहभागीता रहेको थियो । एक्साइड ब्याट्रीका बरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले नेतृत्व गरेको भ्रमणको क्रममा च्यानल पार्टनरहरुलाई मायाँको चिनो पनि प्रदान गरेका थिए ।   

Advertisement

भ्रमणका क्रममा प्रतिनिधिहरुले जापानको प्रमुख सहर टोकियो, ओसाका र नारितामा अवस्थित विभिन्न पर्यटकीय आकर्षणहरुको अवलोकन गरेका थिए । यस्ता आकर्षणहरु कनाउजी टेम्पल, आसाकूसा टेम्पल, आराशियामा ब्याम्बू ग्रुभ, माउन्ट फुजी, आक्वा लाइन, सूमीदा रिभर, टोकियो डिसनी ल्याण्ड आदि  हुन् ।  

यसभन्दा अघि यसैगरी च्यानल पार्टनर हरुलाई युरोप भ्रमण गराइएको थियो । एक्साइड ब्याट्रीका अनुसार यस्ता भ्रमणहरुले कम्पनी र च्यानल पार्टनरबिचको सम्बन्ध अझ बलियो र पारस्परिक रुपमा फलदायी हुने बताए । भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कम्पनीको उद्देश्य रहेको छ ।  

गाडी, मोटरसाइकल, इन्भरटर, र सोलार सम्बन्धि एक्साइड ब्राण्डका उच्चस्तरीय  ब्याट्रीहरु  बजारमा उपलब्ध छन् । 
 

Advertisement

Advertisement