अपर त्रिशूली हाइड्रोपावरले माग्यो परामर्शदाता

Advertisement

काठमाडौं । नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले अपर त्रिशूली–१ हाइड्रोपावरका लागि परामर्शदाता माग गरेको छ । 

कम्पनीले टिम लिडर र जियोलोजिस्ट/जियोटेक्निकल स्पेसलिस्ट १/१ जना माग गरेको हो । 

Advertisement

इच्छुक उम्मेदवारले आजका मितिले ७ दिनभित्र कम्पनीको कार्यालय स्क्वायर कम्प्लेस, नारायणचौर, नक्साल काठमाडौंमा आवेदन दिनुपर्नेछ । 

टिम लिडरका लागि ब्याचलर वा मास्टर्स इन सिभिल इन्जिनियरिङ विषयमा २० वर्षभन्दा बढीको अनुभव भएको हुनुपर्नेछ । 

त्यस्तै जियोलोजिस्ट/जियोटेक्निकल स्पेसलिस्टका लागि जियोटेक्निक्समा एमएस्सी गरेको तथा ३५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । 

सेवासुविधा भने आपसी समझदारीमा हुनेछ । 

Advertisement

Advertisement