रेड सी तनावका कारण इजिप्टको स्वेज नहरको राजश्व ५७.२ प्रतिशतले घट्यो

Advertisement

काठमाडौं । स्वेज नहर ट्रान्जिट रसिद ५७.२ प्रतिशतले घटेर ९५९.३ मिलियन यूएस दर्ता भएको छ । सन् २०२४ को पहिलो त्रैमासिकमा इजिप्टको केन्द्रीय बैंकले स्वेज नहर ट्रान्जिट प्राप्ति जुलाई २०२३ देखि मार्च २०२४ सम्म ७.४ प्रतिशतले घटेको जानकारी दिएको हो । 

यस्तो रेकर्ड ५.८ बिलियन डलरसम्म गरिएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ६.२ बिलियन डलर थियो । नेट टनेज १५.६ प्रतिशतले घटेर ९४४.९ मिलियन टन दर्ता भएको छ । ट्रान्जिटिङ जहाजहरूको संख्या जुलाई २०२३ देखि मार्च २ं२४ सम्म ११.५ प्रतिशतले घटेको छ । 

Advertisement

इजिप्टको आर्थिक वर्ष जुलाई १ मा शुरु हुन्छ र अर्को वर्षको जुन ३० मा समाप्त हुन्छ । गत अक्टोबरमा गाजा द्वन्द्व शुरु भएदेखि यमनको हुथी समूहले इजरायलसँग जोडिएको लाल सागरमा रहेका जहाजहरूमा बारम्बार आक्रमण गरेको छ । 

संयुक्त राज्य अमेरिका र बेलायतले यमनको राजधानी साना र समूहको नियन्त्रणमा रहेका अन्य प्रान्तहरूमा हुथी सैन्य साइटहरूमा जनवरीदेखि यस क्षेत्रमा हुथी हमलाहरूको प्रतिक्रियामा धेरै हवाई आक्रमणहरू शुरू गरेका छन् । विश्व व्यापारको १२ प्रतिशत बोक्ने स्वेज नहर इजिप्टका लागि विदेशी मुद्राको महत्वपूर्ण स्रोत हो । सिन्ह्वा–नान

Advertisement