मैले पोल्याण्डको नागरिकता लिएकै छैन्ः शिक्षामन्त्री श्रेष्ठ

Advertisement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको दावी गरेकी छन् ।

राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेख्दै उनले आफूले पोल्याण्डको नागरिकता नलिएको बताएकी हुन् । श्रेष्ठले पहिलो विदेशी पतिसँग सम्वन्ध विच्छेद गरी दोस्रो विदेशी पोलयाण्डका नागरिकसँग विवाह गरेकी छन् ।  

Advertisement

युरोपियन देशको नागरिकता लिएको उजुरी परेपछि सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेको थियो । त्यसबारे स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा भिडियो राखेकी उनले नेपालबाहेक कुनै पनि देशको नागरिकता वा पासपोर्ट नलिएको बताइन् ।

आफ्नो श्रीमान पोल्याण्डको नागरिक भएको, तर आफूले त्यहाँको पनि नागरिकता नलिएको भन्दै श्रेष्ठले  त्यसको प्रक्रिया समेत थाहा नभएको सतर्कता केन्द्रको पत्रपछि आफूले प्रक्रिया बुझ्दा स्थायी आवास अनुमति दिनुपर्ने र केही वर्ष बसेपछि मात्र नागरिकताका लागि आवदेन दिन पाउने व्यवस्था रहेको थाहा पाएको बताएकी छन् । 

उनले भनेकी छन्, ‘म शिक्षामन्त्री भएको करिव १२० दिन भयो । त्यो भन्दा पनि कम समय पोल्याण्ड बसेको छु ।’

 

Advertisement