मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता

Advertisement

काठमाडौं । दक्षिण कोरियाको प्रसिद्ध बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । 

सो कम्पनीले पुँजीबृद्धी र आईपीओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धि सम्झौता गरेको छ । यससम्बन्धि सम्झौतापत्रमा एलिट क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा. विनोद साहबीच मंगलबार हस्ताक्षर भयो ।  

Advertisement

दक्षिण कोरियाको ईयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधि तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राईभेटबाट पव्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ । योसँगै यस कम्पनीले २० प्रतिशत शेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ ।

नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सकहरु र फर्मा बैज्ञानिकहरुको पहलमा स्थापित मिरा बायोटेक अन्तर्राष्टियस्तरको क्रोनिक सेगमेन्टका औषधिहरु उत्पादन गर्ने कम्पनी हो । हाल यस कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधि उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका सीईओ सुशील पौडेलले जानकारी दिए । 

हाल ५२ करोड चुक्तापुँजी रहेको यस कम्पनीले चुक्तापुँजी बृद्धि गर्दैछ । पुँजीबृद्धिपछि यस कम्पनीले आईपीओ निष्काशन गर्ने भएको हो । सोका लागि एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको हो । एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजना अन्तरर्गत स्टार्टअपदेखि पूराना कम्पनीहरुलाई समेत पव्लिक कम्पनीमा रुपान्तरण, पुंजीबृद्धि र व्यवसायीक प्रबद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ । 

Advertisement