नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिजबीच ब्यापारिक साझेदारी

Advertisement

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि र आर्कबो टेक्नोलोजिज प्रालि (आइटी कम्पनी) बीच  ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ । 

नेक्सजेन म्यानेजमेन्टको मैतिदेवीस्थित कर्पोरेट कार्यालयमा यो सम्झौता सम्पन्न भएको हो । 

Advertisement

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराई र आर्कबो टेक्नोलोजिजको तर्फबाट संस्थापक–सञ्चालक भुषण गिरीले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात आर्कबो टेक्नोलोजिजको ब्यापारिक साझेदारको रूपमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले काम गर्नेछ । यस सम्झौताले नेपाली बजारमा नवीन प्रविधिहरू र उच्चस्तरीय सेवाहरूको पहुँचलाई अझ फराकिलो बनाउने विश्वास गरिएको छ।

आर्कबो टेक्नोलोजिज लामो समय सूचना तथा प्रविधि क्षेत्रमा अनुभव भएको ब्यक्तिहरूद्वारा प्रबर्द्धित तथा सञ्चालित आइटी कम्पनी हो । जसले बजारको बर्तमान तथा भविष्यको आवश्यकता पुरा गर्न योग्य, स्केलेबल र स्वचालित प्रणाली विकास, सञ्चालन तथा प्रबर्द्धन गर्दछ । 

Advertisement