अपर हेवाखोलाको साधारणसभा सम्पन्न, लाभांश दिन असफल

Advertisement

काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीलाई लाभांश दिन असफल भएको छ ।  

सभाले स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भीमलाल पौड्याललाई नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरेको छ । साथै, रिक्त रहेको सर्वसाधारण तर्फको सञ्चालक पदमा ईन्द्रप्रसाद लामिछानेलाई चयन गरेको छ ।

Advertisement

सभाले कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, वासलात, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । 

कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।

Advertisement