काठमाडौं महानगरपालिकाले माग्यो करारमा ३० जना हेभी ड्राइभर

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले हेभी ड्राइभर पदका लागि दरखास्त खुलाएको छ । 

महानगरपालिकाले ६ महिने करार सेवामा पदपूर्ति गर्न ३० जना हेभी ड्राइभर पदमा दरखास्त खुलाएको हो । साथै, आवश्यकताअनुसार थपसमेत गर्न सकिने बताइएको छ ।

Advertisement

इच्छुक र योग्य उम्मेदवारले साउन १६ गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रशासन समूहअन्तर्गतको प्रथम तह तोकिएको सो पदका लागि साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ । साथै, दरखास्त दिने अन्तिम दिनसम्म उम्मेदवार २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

दरखास्त अनलाइन प्रणालीमार्फत दिनुपर्नेछ । 

undefined

Advertisement

Advertisement