नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले पुरिएर दुई बस बेपत्ता
प्रतीकात्मक तस्बिर ।

Advertisement

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएका छन् । 

ती बसमा चालकसहित ६५  जना रहेका बताइएको छ ।

Advertisement

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल बस त्रिशूलीमा खसेका हुन् । 

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । 

उनले भने, ‘हामी घटनास्थलमा छौं । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’

६५ जना रहेको अनुमान गरिए पनि ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइनसकेको बताए । 

 

Advertisement

Advertisement