झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

Advertisement

झापा । जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको संख्या बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् ।

Advertisement

गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार ७०० राज्यकोषमा दाखिला भएको छ ।

राहदानीलगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार ४४४ रुपियाँ संकलन गरेको छ । 

Advertisement