चन्द्रागिरी हिल्सको नाफा शतप्रतिशतले बढ्दा मूल्य आम्दानी अनुपात भने ६२.३६ गुणा

Advertisement

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नाफा गत आर्थिक वर्षको असार मसान्तसम्म शतप्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिमा २२ करोड ३३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड २० लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

असार मसान्तसम्म कम्पनीको आम्दानी ९.४९ प्रतिशत बढेर १ अर्ब रुपियाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले ९१ करोड ३४ लाख रुपियाँ आम्दानी गरेको थियो । 

त्यस्तै, चौथो त्रैमासमा कुल आम्दानी ८.८० प्रतिशत बढेर ८७ करोड रुपियाँ पुगेको छ भने अन्य आम्दानी २८.०२ प्रतिशत घटेर १ करोड रुपियाँ कायम भएको छ । साथै, कम्पनीको कुल खर्च २९.३७ प्रतिशतले बढेर ३० करोड ७७ लाख रुपियाँ पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा कम्पनीको आम्दानी ७.३० रुपियाँबाट बढेर १४.५६ रुपियाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ ९५.३९ रुपियाँ र मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ।

१ अर्ब ५३ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष भने ७ करोड ६ लाख रुपियाँ ले ऋणात्मक छ।

Advertisement