तारुकेलाई ‘राष्ट्रिय पत्रकारिता’ सम्मान, भूराजनीतिक संवेदनशीलताले नेपाललाई किच्योः पोखरेल

Advertisement

काठमाडौं । आर्थिक अनलाइन पत्रिका ‘अर्थपथ डटकम’ का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ । 

सेलिब्रेटी नेपालले आयोजना दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०८० को अवसर पारेर तारुकेलाई उक्त सम्मान प्रदान गरिएको हो । शुक्रबार राजधनीमा आयोजित कार्यक्रममा पूर्वउप–प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सो सम्मान प्रदान गरे । 

Advertisement

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय तारुकेलाई समाजको परिवर्तनका लागि पत्रकारितामार्फत पुर्याएको योगदानको लागि सो सम्मान प्रदान गरिएको आयोजकको भनाई छ । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव समेत रहेका तारुके त्रिशूली प्रवाह साप्ताहिक पत्रिकाका समेत सम्पादक हुन् ।

कार्यक्रममा नेता पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले ‘समाज रुपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुने भन्दै नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो भने । 

भूराजनीति सम्वेदनशीलताले नेपाललाई किच्न खोजेकाले यसप्रति सचेत र सम्वेदनशील हुन पोखरेलले आव्हान पनि गरे । उनले भने, ‘हाम्रो देश कहिल्यै कसैको गुलाम भएन । त्यसैले स्वतन्त्रता दिवस मनाउँदैनौं । हामीलाई भूराजनीति संवेदनशीलताले किच्न खोज्दै छ । यसमा हामी पनि सचेत हुनुपर्छ ।’ 

कार्यक्रममा विभिन्न विद्याका रंगकर्मी कलाकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । गत वर्ष २०७९ मा  प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर उत्कृष्टलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो । 

Advertisement