अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

Advertisement

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । 

पेन्सिल्भेनियामा भएको एक र्‍यालीमा बोल्दै गर्दा अचानक उनीमाथि गोली प्रहार भएको हो । 

Advertisement

उनी सकुशल रहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । 

घटनापछि ट्रम्पको दाहिने कानबाट रगत निस्किएको छ । र्‍यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो ।

आवाज सुनेपछि गुप्तचर सेवाका एजेन्टहरूले उनलाई तुरुन्तै स्टेजबाट हटाए र कारमा लगेका थिए । 

प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो ।

ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका बीबीसीले उल्लेख गरेको छ । उक्त घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

Advertisement

Advertisement