दश उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

Advertisement

काठमाडौं । सरकारले बिभिन्न १० उद्योगलाई भारतबाट चिनी आयात गर्न स्वीकृत दिएको छ । 

उद्योग बिभागले गत असार २ गते निजी क्षेत्रलाई कच्चा पदार्थको रुपमा भारतबाट १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने गरि आशयपत्र आह्वान गरेको थियो । त्यसमा प्राप्त प्रस्तावबाट १० उद्योगलाई चिनी आयात गर्न दिने निर्णय गरेको बिभागको भनाइ छ । 

Advertisement

एग्रो थाई फुड्स प्रालि, गुडलाइफ बेभरेज प्रालि, एशियन विस्कुट एण्ड कन्फेक्सनरी प्रालि, क्वालिटी फुड ९नेपाल० प्रालि,  क्वालिटी फुड एण्ड स्न्याक्स ईण्डष्ट्रिज प्रालि, वालिटी कन्फेक्सनरी प्रालि, क्वालिटी डाइट एण्ड फुड प्रोडक्टस् प्रालि, शिवम डेरी एण्ड फुड इण्डष्ट्रिज प्रालि, केआरएस भेन्चर्स प्रालि र सुजल फुड्स प्रालिलाई निर्धारित कोटामा चिनि आयात गर्न दिने बिभागको भनाइ छ । बिभागले आज एक सुचना जारी गर्दै उक्त उद्योगहरुलाई सम्पर्क आउन आग्रह गरेको छ । 

भारतको नेशनल को–अप्रेटीभ एक्पोर्ट लिमिटेडले नेपाललार्ये २५ हजार मेट्रीक टन चिनी दिदैछ । त्यसबाट निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिन लागिएको हो । उक्त चिनी उनीहरुले कच्चा पदार्थको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । 
 

Advertisement

Advertisement