सनराइज सेक्युरिटिजबाट कारोबार शुरु

Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडको व्यावसायिक सञ्चालन सुरु भएको छ । 

बुधबार एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले उक्त कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् ।

Advertisement

सोही कार्यक्रमका विशेष अतिथि लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले लक्ष्मी सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

साथै, सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्धसञ्चालक कमल गौतमले संस्थाले धितोपत्र खरिद बिक्रीसम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरीय रूपमा एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने जानकारी दिए ।

गैह्रिधारा–२, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।

Advertisement