सर्वोत्तम सिमेन्टको सञ्चालन आम्दानी बढ्दा खुद नाफा र ईपीएस घट्यो

Advertisement

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् असार मसान्तसम्म सर्वोत्तम सिमेन्टको खुद नाफा घटेको देखिएको छ । 

अघिल्लो आवको सोही अवधिमा २१ करोड ३८ लाख रुपियाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा १७ करोड ४२ लाख रुपियाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा गत आवमा १८.५१ प्रतिशतले कम हो । 

Advertisement

त्यस्तै, असार मसान्तसम्ममा कम्पनीले ६ अर्ब ३७ करोड ३७ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा १८.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ३८ करोड रुपियाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशतले घटेर ७९ कराड ६१ लाख रुपियाँ पुगेको छ । त्यस्तै, अन्य आम्दानी २९८.९७ प्रतिशत बढेर ४ करोड ३५ लाख रुपियाँ पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने १३.९८ प्रतिशत घट्न गई ६१ करोड ३७ लाखमा सीमित भएको छ । अघिल्लो आवमा कम्पनीले ७१ करोड ३५ लाख रुपियाँ खर्च गरेको थियो ।

गत आवको चौथो त्रैमाससम्म कम्पनीको नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १.५३ रुपियाँ घटेर ३.७५ रुपियाँ कायम भएको छ । साथै, प्रतिशेयर नेटवर्थ १९८.८३ रुपियाँ छ । 

४ अर्ब ६५ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ४ अर्ब २५ करोड रुपियाँ सञ्चित छ ।

Advertisement