सरकारको पहिलो निर्णयः त्रिवि क्रिकेट रंगशालालाई सुविधासम्पन्न बनाइने

Advertisement

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

Advertisement

त्यस्तै, बैठकले बाढी पहिरोजस्ता विपदमा बेपत्ता भई १० दिनसम्म फेला नपरेकाको परिवारलाई मृतकलाई सरह राहत दिने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विपदका घटनामा बेपत्ता भई घटना भएको १० दिनसम्म फेला नपरेका व्यक्तिका परिवारलाई मृतकलाई सरह राहत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै, बैठकले निमित्त मुख्यसचिवको भूमिकामा रहेकी लीलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय पनि गरेको छ । 

Advertisement

Advertisement