अहिले उठाएको कदमले दुवै नेता (देउवा र ओली)लाई जोखिम छः रिजाल

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट जनतामा परेको निराशा चिर्न काँग्रेस र नेकपा एमाले  जोखिम उठाएको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला काँग्रेस—एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको जिकिर पनि गरे । 

Advertisement

एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देश प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको रिजालको तर्क छ । उनले एमाले र काँग्रेसका शीर्ष नेताहरु देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको दावी पनि गरे । । 

आगामी दिनमा पनि दुवै नेता (शेरबहादुर देउवा र केपी ओली)लाई जोखिम रहेको तर्क गर्दै रिजालले जोखिमका बाबजुत पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनाउन आवश्यक रहेको बताए । 

उनले अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुई पटक संशोधन भइसकेको बताए । नेता रिजालले अहिले राजनीतिक पुँजी निर्माण गर्न आवश्यक रहेको बताए । 

शासनलाई ठिक बाटोमा नलग्दासम्म समस्याहरु सिर्जित भइरहने भएकाले काँग्रेस र एमालेले शासनलाई ठिक बाटोमा लैजान आवश्यक रहेको उनको भनाई छ । रिजालले एउटाले अर्कोलाई झुक्याउन खोज्ने र सत्ताकै लागि मात्रै भmगडा गर्नेकुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने बताए । 

रिजालले भने, ‘आज राजनीति जहाँ छ, त्यो राजनीतिबाट देशमा निराशा चुलिएको छ । र कहीँ न कहीँ एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देशका प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर केही जोखिम उठाउनुपर्ने थियो । त्यो जोखिम उठाउने काममा निम्ति दुवै नेताहरु सहमत हुनुभयो । जोखिम छ दुवैलाई ।’ 

उनले थपे, ‘जोखिमको बाबुजुत हामीले पहिला बनाएको संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट अझ समृद्ध गर्नुछ । परिमार्जन गर्नुछ । यो संविधान छुँदै नछोएको संविधान होइन । दुई वटा संशोधन भइसक्यो । त्यसमध्ये एउटा संशोधन त मैले हालेको संशोधनलाई स्वीकार गरेर भएको हो । त्यसैले यो जीवित दस्तावेज हो । पहिले २०४७ सालको संविधान नचलाउने भन्दा त्यसलाई हामीले फाल्नुपर्ने अवस्था भयो ।’

Advertisement

Advertisement