यो सरकार धेरै समय जाँदैन भनेको थिएँ, अहिलेको घटनाक्रमले करिब त्यस्तै संकेत गरेको छः दाहाल

Advertisement

काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने दावी गरेका छन् ।

बुधबार बिहान एनएनबीसँगको कुराकानीमा उनले आफूले मात्र नभई धेरै मानिसहरुले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको उल्लेख गरे ।

Advertisement

दाहालले भने, ‘मलाई के लाग्छ भने यो सरकार जुन रुपमा र जसरी बन्यो, सुरुमै मैंले अनुमान गरिसकेको थिए । सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो । अहिलेको घटनाक्रमहरुले करिब करिब त्यस्तै संकेत गरेको छ । हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आंकलन पनि त्यही छ ।’

तर माओवादी केन्द्र सरकार परिवर्तन गर्नेतर्फ नजाने उनले जिकिर गरे । दाहालले संगठन बनाउन र जनतामा जानेतिर पार्टी सक्रिय भएको बताउँदै भने, ‘सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर लाग्दैन । जनतामा जानेतर्फ, संगठन बनाउनेतर्फ र जनतातिर फर्किनेतर्फ नै पार्टीले उच्च प्राथमिकतामा राख्नेछ । मैंले भनेको छु यो सरकार गलत तरिकाले, वडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रुपमा बनेकाले आफैं ढल्छ भने लाग्छ । हामीले धेरै मेहेनत गर्नुपर्छ भन्ने नै लाग्दैन ।’

बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको टीप्पणी गर्दै उनले यसअघि गठबन्धनमार्फत चुनाव लड्दा माओवादीको अस्तित्व नै हराउने देखिएकाले अब एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको बताउँदै आएका छन् । दाहालले विपक्षी दलहरुको मोर्चालाई बलियो पार्ने रणनीति लिएको प्रतिक्रिया दिंदै आएका छन् ।

Advertisement

Advertisement