निगमले कोषलाई बुझायो ४३ करोड ९ लाख बक्यौता

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदको लागि लिएको ऋण मध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपियाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बुझाएको छ । 

निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण लिएको थियो । उक्त दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्तावापत (पूरा) र वाइडबडी जहाजको (आंशिक) रकम भुक्तानी गरेको हो ।

Advertisement

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले असारसम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपियाँ रकम भुक्तानी गरेको जनाएको छ । 

Advertisement

Advertisement