विश्व कीर्तिमानी महिला आरोही अमेरिका पलायन भएर घरेलु कामदारमा यसरी भइन सीमित

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वताराही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् । 

सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विश्वकै पहिलो महिला उनको जीवनीबारे बनेको चलचित्र ‘माउन्टेन क्विन’ यही आउँदो जुलाई २६ सिनेमाघरमा र जुलाई ३१ देखि नेटफ्लिक्समा रिलिज हुँदैछ । 

Advertisement

तिनै ५० वर्षीया शेर्पा अहिले नेपालबाट पलायन भएकी छन् । उनी अमेरिकामा हाउस क्लिनर (घरेलु कामदार)को रुपमा मात्रै सीमित भएकी छन् । अमेरिकाको कनेक्टिकटमा दुई छोरीसँग बस्दै आएकी उनको पतिसँग सम्वन्ध बिग्रिएकाले र परिवारको आर्थिक अवस्था पनि कमजोर भएकाले घरेलु कामदार बन्न बाध्य भएकी हुन् । उनले सन् २००१ मा पति गेओर्गे डिज्मारेस्कुकसँगै सगरमाथा चढेकी थिइन् । शेर्पाका पति डिज्मारेस्कुक रोमानियाली–अमेरिकी पर्वतारोही तथा गाइड हुन् । 

गत बर्ष विश्वको दोस्रो अग्लो हिमाल केटुको समेत आरोहण गरेकी उनले विदेशी नागरिकसँग विवाह गरेपछि अमेरिका गएकी थिइन् । तर गएसँगै पतिसँगको सम्वन्ध पनि बिग्रिन सुरु भयो । शेर्पाले आफूले सगरमाथाको पहिलो पटक सफल आरोहणपछि आपूmलाई धेरै शक्तिशाली महशुस गरेको भए पनि अहिले आफ्नो अवस्था राम्रो नरहेको सुनाउँछिन । 

पतिसँगै अमेरिका गए पनि उनले हरेक वसन्त ऋतृमा सगरमाथा आरोहण गर्न र गराउन ग्राहक लिएर आउने गर्थिन । तर सन् २००२ मा जेठी छोरी जन्मिएपछि पति आक्रामक र दबदबा बन्न थालेको शेर्पाले बताइन् । सन् २००४ मा सगरमाथा आरोहणका क्रममा विवाद हुँदा पतिले ग्राहकहरूकै अगाडि टाउकोमा मुक्का हानेर घिसार्दै पालबाट बाहिर तानेको, फोहोरी गाली गरेको स्मरण गर्दै उनले आफू मर्ने डरले र छोरीको भविश्यको लागि अलग हुन उत्तम ठानेको बताइन् । 

शेर्पाले भनिन, ‘वर्षौंसम्म म एक नियन्त्रण गर्ने व्यक्तिसँग अपमानजनक सम्बन्धमा बसें । उसले मेरो आत्मविश्वासलाई कुल्चियो । उसप्रति गरेको सबै विश्वास मैले गुमाउन पुगें । ऊ मेरो लागि राक्षस हो ।’ लाक्पा शेर्पा घरेलु कामदारसँगै ‘होल फुड्स’मा पनि काम गर्नेगरेको सुनाउँछिन् , 

हिमाल आफ्नो बाल्यकालको साथी हो भन्दै उनले थपिन्,  ‘जब जीवन सजिलो हुँदैन, तब म पहाडको बारेमा सोच्छु । हिमालको बारेमा सोच्छु । हिमाल मेरो बाल्यकालको साथी हो ।’ अरुको घर सरसफाइ गर्न जाने गरे पनि आफू कीर्तिमानी पर्वतारोही हो भन्ने बारेमा घरमालिकहरुलाई थाहा नहुने गरेको शेर्पाले बताइन् । 

Advertisement