पाँच विकास बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

Advertisement

काठमाडौं  । नेपाल राष्ट्र बैंकले विभिन्न पाँचवटा विकास बैंकलाई कारबाही गरेको छ । 

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ मा कानुन पालना नगर्ने र मिच्ने विकास बैंकमाथि जरिवाना लगाएको हो । 

Advertisement

कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक छन् । 

सिन्धु विकास बैंक यसअघि पनि कारबाहीमा परिसकेको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको अनुगमनका क्रममा विभिन्न समस्या र नीति नियमबमोजिम कार्य नगरेको पाइएपछि कारबाही गरेको राष्ट बैंकले जनाएको छ ।

Advertisement