चितवनको पूरानो मेडिकल कलेजको तेस्रो तल्लाबाट खसेका वृद्धको मृत्यु

Advertisement

काठमाडौं। चितवनको भरतपुरस्थित पूरानो मेडिकल कलेजको तेस्रो तल्लाबाट हाम्फालेर एक वृद्ध बिरामीले आत्महत्या गरेका छन् । 

नवलपरासीको हुप्सीकोट गाउँपालिका–२, घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरले बिहीबार साढे ११ बजे अस्पतालको तेस्रो तल्लाबाट हाम्फाल्दा गम्भीर घाइते भएपछि सोही अस्पताल गर्ने क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । 

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार पिसाब थैलीमा क्यान्सर भएकोले बुधबार अस्पतालमा उपचार गर्न आएका उनले आत्महत्या गरेका हुन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Advertisement