युएसएडद्वारा २४ वर्षमा करिब दुई खर्ब सहयोग

Advertisement

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा रु एक खर्ब ९६ अर्ब सहयोग गरेको छ ।

युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको शसक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको जनाएको छ ।

Advertisement

सन् २०२३ मा स्वास्थ्य, शिक्षा, र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रुपमा आमसञ्चार माध्यमका अभियानलगायत गतिविधि पुगेको युएसएडको तथ्याङ्क छ ।

युएसएडद्वारा आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा कार्यवाहक मिसन निर्देशक बेथ होगनले युएसएडले नेपाल र नेपाली जनतासँग सात दशक लामो साझेदारीका क्रममा गरिएका सहयोग र योगदानबारे जानकारी गराएका थिए । साथै उनले नेपाल सरकारको आवश्यकता र प्राथमिकताअनुसार  युएसएडले अनुदान सहयोग पु(याउँदै आएको उल्लेख गरे ।   

Advertisement

Advertisement