प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकले सर्वसाधारणका लागि संस्थापक शेयरको बिक्री खुला गरेको छ ।

यसअघि बैंकले शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

Advertisement

यद्यपि, बैंकले बिक्रीमा राखिएको शेयर संख्या भने खुलाएको छैन ।

उक्त शेयरमा लगानी गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नसमेत बैंकले आग्रह गरेको छ ।

Advertisement