नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा रोहित पौडेल

Advertisement

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नियुक्त भएका छन् । 

कम्पनी र पौडेलबीच सोसम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्वव्यापी शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँच बृद्धि गर्नका लागि पौडेलसँग यो साझेदारी गरिएको द नेक्स्टको भनाइृ छ । 

Advertisement

खासगरी अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेशण तथा परामर्श प्रदान गर्न थप प्रभावकारी हुने अपेक्षा गर्दै कम्पनीले ब्रान्ड एम्बेसडरको रूपमा पौडेलले सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्शको कार्यलाई गुणबत्ता र विश्वसनीय रुपमा अगाडि बढाउन सक्षम हुने विश्वास लिएको बताएको छ । 

द नेक्स्टका सीईओ शालिकराम भण्डारीले आफूहरुले सदैव टिम वर्क, गुणस्तर र पारदर्शितामा विश्वास राख्ने बताए । क्रिकेटमा पनि गुणस्तर, पारदर्शिता र टिमवर्क नै महत्वपूर्ण रहने हुँदा रोहितसँग सहकार्य गरेको भन्दै उनले नेपाली विद्यार्थीहरुले शैक्षिक परामर्शका क्षेत्रमा आवश्यक ज्ञान, सीप र जानकारी हासिल गर्न सक्षम हुने बताएको छ ।
 

Advertisement

Advertisement