नेपालमा तीनवटा पाँच तारा होटल थपिंदै, संख्या २४ पुग्ने

Advertisement

काठमाडौं । नेपालमा तीन वटा पाँच तारा होटल थपिने भएको छ । हाल नेपालमा पाँच तारा होटलको संख्या २१ वटा रहेको छ । थप तीन वटा होटलले इजाजतपत्र लिने प्रक्रियामा रहेको र यही साउन महिनामै इजाजतपत्र पाउने छन् । 

केही समयपछि नै नेपालमा २४ वटा पाँच तारा होटलको संख्या पुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशकर कालीवहादुर भुजेलले बताए । 

Advertisement

विभागका अनुसार बुढानिलकण्ठस्थित होटल फरेस्ट इन्, नक्सालस्थित हिल्टन काठमाडौं र सोल्टी वेस्टेन्ड इटहरी पाँच ताराको इजाजतपत्र लिने प्रक्रियामा छन् । 

त्यस्तै, सोल्टी होटल लिमिटेडले गत असारमा पाँच तारा डिलक्सको इजाजतपत्र लिएको छ । नेपालमा पाँच तारा डिलक्सको संख्या दुई वटा पुगेको छ । यसअघि झापाको होटल मेची क्राउन मात्र पाँच तारा डिलक्स रहेको थियो । 

नेपालमा पाँच तारा होटलको संख्या २४ वटा पुगे पनि नियमित रुपमा नविकरण भएका १८ वटा मात्र छन् । अन्तिम पटक भैरहवास्थित सिद्धार्थ विलास र बुढानीलकण्ठ हेरिटेज लिमिटेड लेमन ट्री प्रिमियर पाँच तारा स्तरमा वर्गीकरण भएका थिए । 

नियमित रुपमा नबिकरण भएका होटलहरुः 
१) सोल्टी होटल लिमिटेड काठमाडौं, ताहाचल
२) होटल डेला अन्नपूर्ण, दरबारमार्ग
३) पोखरा ग्राण्ड, पोखरा
४) तारागाउँ रिजेन्सी होटल, बौद्ध
५) द मल्ल होटल, लैनचौर 
६) होटल साँग्रिला, लाजिम्पाट
७) टाईगरवान, रुपन्देही
८) सोल्टी शिवक्रिम होटेल्स तथा रिसोर्टस, बाँके
९) होटल सेन्ट्रल प्लाजा, बाँके
१०) होटल एभेरेष्ट हस्पिटालिटी एण्ड होटल (होटल मेरियट), नक्साल
११) छायाँदेबी कम्पलेक्स (होटल अलफ्ट), ठमेल
१२) होटल द किङग्सबरी, झापा
१३) सिटी होटल (हायात प्लेस), काठमाडौं
१४) इच्छा होटल, बारा
१५) होटल ल्हासा इन्टरनेशनल, लाजिम्पाट
१६) अकामा होटल, धुम्बराही
१७) सिद्धार्थ विलास, भैरहवा
१८) लेमन ट्री प्रिमियर बुढानिलकण्ठ होटेल, बुढानिलकण्ठ  

Advertisement