जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा

Advertisement

काठमाडौं । जापानी टायर कम्पनी योकोहामा रुबर कम्पनी लिमिटेडले नेपाली बजारमा आफ्ना उत्पादन प्रवेश गरेको घोषणा गरेको छ । 

आज काठमाडौंमा भएको डिलर मिटमा उक्त घोषणा गरिएको हो । योकोहामाले आफ्नो प्रख्यात टायर टेक्नोलोजीहरू प्रदर्शन गर्‍यो । 

Advertisement

योकोहामा इन्डियाका सीईओ र एमडी हरिन्दर सिंहले भने, ‘योकोयामा समूहका लागि नेपाल एउटा महत्त्वपूर्ण बजार हो ।’ 

अटो पार्ट्स इन्टरनेशनल (एपीआई) का एमडी सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गरे ।

Advertisement

Advertisement