सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया नेटवर्कमा साढे पाँच करोड रकम ट्रान्सफर

Advertisement

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न गठित विशेष संसदीय समितिले सहकारी क्षेत्रका नियामक निकायहरुसँग छलफल गरेको छ । 

शुक्रवार बसेको बैठक सूर्यदर्शन, सानो पाइला, सुप्रिम, इमेज, साहारा, समानता लगायतका सहकारी संस्थाहरुमा केन्द्रीत भएको समितिका सभापति सूर्य थापाले बताए । उनले बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानविन समितिको प्रतिवेदनका बारेमा जानकारी लिएको बताए । 

Advertisement

त्यस्तै, सुप्रिम सहकारीको बारेमा पनि जानकारी लिएको बताउँदै थापाले काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखा परेको प्रवृत्तिको बारेमा पनि छलफल भएको बताए । 

हालसम्म गोरखा मिडिया नेटवर्कमा गएको रकम एउटा चार करोड ८८ लाख हजार २७१ रुपियाँ ७६ पैसा र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सिधै २० लाख र जिबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको थापाले जानकारी दिए । सबै गरी करिव साढे पाँच करोड रुपियाँ सूर्यदर्शन सहकारीबाट गएको उनले बताए । 

जिबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरुको मार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा गएको बताउँदै थापाले एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पनि उदाहरण रहेको बताए । कुन चेक नम्बरबाट कुन मितिमा कसरी सहकारीको रकम पुगेको छ ? भन्ने पनि तथ्य प्राप्त भएको उनले बताए । 

Advertisement

Advertisement