मानुषी लघुवित्तको ‘लक इन’ अवधि भदौ ७ मा सकिने

Advertisement

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको ‘लक इन’ अवधि भदौ ७ गते सकिने भएको छ ।

कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ भदौ ७ गतेदेखि सकिन लागेको हो ।

Advertisement

लघुवित्तले सर्वसाधारणलाई आईपीओ निष्काशन गरी २०७८ भदौ ७ गते बाँडफाँट गरेको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम सर्वसाधारणलाई शेयर जारी गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक शेयरधनीले धारण गरेको शेयर, कर्मचारीहरूलाई बाँडफाँट गरिएको शेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ ।

साथै, संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीका उच्च तहमा रहेका कर्मचारीले शेयर खरिदबिक्री गर्न पाउनेछैनन् । 

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रुपियाँ छ । जसमा संस्थापक शेयरधनीको स्वामित्व ६४ प्रतिशत अर्थात् ७ लाख कित्ता र सर्वसाधारण समूहको स्वामित्व ३६ प्रतिशत अर्थात् ३९ लाख ३७ हजार कित्ता रहेको छ ।

Advertisement