संवैधानिक परिषदमा अल्पमतमा परेको हो भने माग्नुस, उपसभामुख कांग्रेसलाई दिउँलाः सुमना

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्न खोजिएको भन्दै सो कुरा स्वीकार्य नरहेको जनाउ दिएकी छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले अमुक मान्छे (संदीप लामिछाने)लाई भिसा दिनुपर्छ भनेर सदन र सडकमा आन्दोलन भएको भएको तर अहिले उपसभामुखमाथि प्रश्न उठाइएको बताइन् । 

Advertisement

श्रेष्ठले भनिन्, ‘आचरणको कुरा गर्छौं भने ल गरौं । सबै जनाको लेटरप्याडबाट के–के निस्किएको छ हेरौं र साच्चै पद्धति बनाऊँ ।’ उपसभामुख रानाको विषयमा अनावश्यक मिडिया ट्रायल भएको तर्क गर्दै उनले सहजै मानव तस्करीको आरोपसमेत लगाएकोमा आपत्ति जनाइन् । 

सुमना श्रेष्ठले भनिन्, ‘यति सजिलै मानव तस्करी डिक्लियर गर्न मिल्छ ? ल डिक्लियर गर्नुस् त भुटानी शरणार्थी कसले गरेको हो भनेर ? एउटा महिला जसले यस्तो कठिन समयमा यहाँ आउनुभएको छ, उहाँलाई हेप्न चाहिँ नखोज्नुहोला ।’

संवैधानिक परिषदमा कांग्रेस र माओवादीको दुई–दुई वटा मत रहेको तर आफ्नो नभएकोले कांग्रेसले यो विवाद सिर्जना गरेको उनको संकेत छ । श्रेष्ठले भनिन, ‘संवैधानिक परिषद्मा एमालेको दुईटा, माओवादीको दुईटा, रास्वपाको एउटा । अल्पमतमा पर्यो भनेर हो भने माग्नुस् न माग्नुस्, दिउँला ।’

आफ्नो भएभरको जायजेथा अनाथ आश्रममा दिने महिलाको चरित्र हत्या गर्न खोजिएको भन्दै उनले एक बर्षसम्म पत्र हात पर्दा किन विषय नउठाएको ? भनेर प्रश्न उठाइन् । 

Advertisement

Advertisement