पच्चीस सय अंक नाघेर फर्कियो नेप्से, बजार झिनो अंकले उचालिंदा पनि करीब १४ अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज झिनो अंकले मात्रै उचालिएको छ । बजार आज २५ सय अंक पार गरेर तल झरेको हो । नेप्सेमा झिनो बढोत्तरी भए पनि कारोबार रकम भने उत्साहजनकनै छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.१५ अंकले उचालिएको हो । ०.०८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २४८८.०९ अंकमा पुगेको छ । 

Advertisement

बजार झिनो अंकले मात्रै उचालिंदा बैंकिङ, विकास बैंक, होटल, लगानी, लघुवित्त र निर्जीवन बीमा कम्पनी भने घटेका छन् । आज उत्पादनमूलक समूह सबैभन्दा बढी २.१६ प्रतिशतले बढेको छ । 

undefined

आज ३०९ कम्पनीका ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४०.९८ रुपियाँ बराबरको कारोबार भएको हो । 

मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले आज सबैभन्दा बढी नाफा कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो । 
त्यस्तै गणपति लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार ७ सय ४१ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार ६१.६१ ऋंकले बढ्दा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९०.९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement