एक वर्षमा ११ हजारभन्दा धेरै बिद्युतीय गाडी भित्रिएको तथ्य सार्वजनिक

Advertisement

काठमाडौं । एक वर्षमा ११ हजारभन्दा धेरै विद्युतीय कार, जिप र भ्यान आयात भएको तथ्य खुलासा भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०–्८१ मा ११ हजार ७०१ वटा विद्युतीय गाडी आयात भएको हो जुन अनुमानभन्दा निकै धेरै हो । 

Advertisement

यो अवधीमा २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपियाँको विद्युतीय गाडी आयात भएको छ जसबाट १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपियाँ राजश्व संकलन भएको छ । तथ्याङ्क अनुसार नेपाली ग्राहकको रोजाईमा ५१ देखि १०० किलोवाट मोटर क्षमताको गाडीको माग उच्च देखिन्छ ।

समीक्षा वर्षमा ५१ देखि १०० किलोवाट मोटरका मात्रै छ हजार ८८५ वटा गाडी आयात भएका छन् । त्यस्तै ५० किलोवाट सम्मका चार हजार ५७१, १०१ देखि २०० किलोवाटसम्मका २१७, २०१ देखि ३०० किलोवाटसम्मका २७ र ३०१ किलोवाट माथीको एउटा गाडी आयात भएको छ। 

विभागका अनुसार गत वर्षभन्दा यो वर्ष तीन गुण धेरै विद्युतीय गाडी आयात भएको छ । आर्थिक वर्ष २०७९–्८० मा कुल चार हजार ५० वटा मात्र विद्युतीय कार, जिप र भ्यान आयात भएको थियो । 
संसारभरी नै विद्युतीय सवारी साधनको लोकप्रियता बढिरहेको अवस्थामा नेपालमा पनि बढ्नु सकारात्मक नै भएको नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालकी कार्यसमिति सदस्य तथा साइमेक्स इंककी निर्देशक यमुना श्रेष्ठले बताउँछिन् । 

उनले भनिन, ‘विद्युत भनेको हाम्रो आन्तरिक उत्पादन हो । यो उत्पादन उच्चतम प्रयोगका लागि सरकारले पनि विद्युतीय सवारी साधन प्रयोगका लागि प्रोत्साहन गरेकै छ ।’ श्रेष्ठले थपिन्, ‘ग्राहकहरु पनि आफैमा सचेत हुनुहुन्छ । उर्जाका लागि आफ्नै उत्पादन प्रयोग गरौं भन्ने उहाँहरुको सोच बढ्दै गएको छ । अन्य अपरेसन कस्टमा पनि ग्राहकलाई फाईदा नै पुग्ने भएकाले विद्युतीय सवारी साधनको लोकप्रियता बढेको हो ।’

Advertisement

Advertisement