पर्यटकलाई लामो समयसम्म ठमेलमा बस्ने वातावरण बनाउँछुः अध्यक्ष ध्रुव अधिकारी

Advertisement

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का नवनिर्वाचित अध्यक्ष ध्रुव अधिकारीले ठमेलमा पर्यटकहरुको बसाइ लम्ब्याउन वातावरण सिर्जना गर्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफू लामो समयदेखि ठमेलमा पर्यटन क्षेत्रमा सक्रिय रहेको बताउँदै ठमेललाई अझ व्यवस्थित गरी पर्यटकहरु लामो समयसम्म बस्ने वातावरण बनाउने बताए । 

Advertisement

निवर्तमान अध्यक्ष भविश्वर शर्माले गर्न बाँकी रहेका कामहरुलाई निरन्तरता दिने अधिकारीको भनाई छ । उनले भने, ‘मैले आजै मात्र सपथ ग्रहण गरेको छु । मेरो यही क्षेत्रमा लामो अनुभव भएकोले ठमेललाई सुरक्षित र व्यवस्थित गरी लैजाने छु ।’

ठमेललाई दिउसो होस वा राति ‘कम्फटेवल जोन’ बनाएर लैजाने भन्दै अधिकारीले थपे ‘ठमेलमा मुख्यगरी ट्राफिक जाम, नो भेहिकल जोन, बाटोमा पार्किङ गर्न नदिने, यही कुरा मेरो पहिलो प्राथमिकतामा पर्छ । सुरक्षा नै मेरो पहिलो प्राथमिकता हो ।’

Advertisement