नयाँ सडकको पैदलमार्ग विस्तारको काममा अवरोध नगर्न वडा नं. २२ का वडाध्यक्ष सहमत

Advertisement

काठमाडौं । नयाँ सडकको जारी पैदलमार्ग विस्तारको काममा अवरोध नगर्न काठमाडौं महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष चिनिकाजी महर्जन सहमत भएका छन् । 

नयाँ सडकको जुद्ध शालिकदेखि नरदेवीसम्मको पैदलमार्ग विस्तारमा अवरोध गर्ने र विरोध जनाउने काम गर्दै आएका महर्जनले उक्त कार्य सम्पन्न गर्न दिने र अन्य क्षेत्रमा भने अध्ययन गरेर पैदलमार्ग विस्तारको सहमति भएको छ । 

Advertisement

यस सहमतिसँगै पैदलमार्ग विस्तारको विवाद टुंगिएको छ । सहमतिअनुसार वडा नम्बर २४ को जारी विस्तार सम्पन्न गरिनेछ भने अरुतिर मंसिरसम्म अध्ययन गरेर मात्रै विस्तार गरिने छ ।

मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने र यसले आर्थिक, समाजिक सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गरेर विसतार गर्ने सहमति भएको जनाइएको छ ।

महानगरपालिकाले बार्षिक कार्यक्रमअनुसार नै अघि बढाएको कामविरुद्ध मुद्दा परेपछि उच्च अदालत पाटनले काम अघि बढाउन बाटो खोलिदिएको थियो । अदालतको निर्णयसँगै काम अघि बढाइएको बेला नेकपा एमालेनिकट स्थानीय जनप्रतिनिधि, एमालेका कार्यकर्ता, पार्किङ हटाउने निर्णयबाट रुष्ट भएका व्यक्तिहरु काठमाडौ. मानगरपालिकाका मेयर बालेन शाहविरुद्ध विरोधमा उत्रिएका थिए । 

आजको सहमतिअनुसार अध्ययन रिपोर्टका आधारमा वडा नम्बर २२ र २३ को फुटपाथबारे निर्णय हुनेछ । अध्ययन समितिमा महानगरको शहरी योजना आयोगका उपाध्यक्ष सुमन भण्डारी, वडा नम्बर २२, २३ र २४ का वडाध्यक्ष, विषयविज्ञ सदस्य रहनेछन् । 

Advertisement

Advertisement